Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह


२ ,कात्तिक ,जानकी (बाँके) । मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गरेकि हुन् ।

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने बताईन् । उनले भनिन्, “कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिकले आजबाट मालपोत र नापीको काम गराउन कागजपत्र बोकेर नेपालगञ्ज जान पर्दैन ।”

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहजरुपले सेवा दिने विश्वास व्यक्त गरे । उनले जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिए ।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेदेखि नै नेपालगञ्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्य क्षेत्रमा पर्ने सबै वडाको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिए ।

उनले भने, “कोहलपुर कार्यक्षेत्र रहेका साविकका गाविसको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगञ्जबाट कोहलपुर ल्याइसकेका छौँ । अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्य क्षेत्रभित्रका नागरिक नेपालगञ्ज जानुपर्दैन ।”

मालपोत कार्यालय कोहलपुरका लागि विभिन्न तहका ३३ कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । स्वीकृत दरबन्दीअनुसार एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको कार्यालयले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज जानुपर्ने अन्त्य भएको छ । दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजात नेपालगन्ज कार्यालयबाट लगिसकेको छ ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?