Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सीमावर्ती वडाका वडाध्यक्षहरुसँग सशस्त्रको अन्तरक्रिया


काठमाडौं। बडा दशैंलगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा भारत–चीन अन्तर्राष्ट्रिय सिमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवाती गरी सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग कार्तिक १ गते शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको बाहिनी मुख्यालयहरुमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सीमावर्ती अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचानलगायत सीमावर्ती ईलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको उपस्थितिमा मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रष्ट पार्नुहुँदै राज्यद्वारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तर्राष्टिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।यसैगरी कोशी प्रदेशस्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?