Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालनमा


चितवन । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरेका छन् । सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताउदै गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको समेत बताउए ।

सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रशान्त कँडेलले बताए । उक्त कार्यक्रममा उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, अस्पतालका चिकित्सक, प्रयोगशालालगायत अस्पतालका कर्मचारीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?