Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार


काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् भने उनीहरुलाई राजदूतावासका कर्मचारीहरूले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था समेत गरिएको राजदूत शर्माले जानकारी दिदै राजदूत शर्माले इजरायलबाट नेपालीहरुलाई ल्याइदिएकोमा भारत सरकारप्रति आभार प्रकट समेत गरेका छन् । यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?