Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार


काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् भने उनीहरुलाई राजदूतावासका कर्मचारीहरूले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था समेत गरिएको राजदूत शर्माले जानकारी दिदै राजदूत शर्माले इजरायलबाट नेपालीहरुलाई ल्याइदिएकोमा भारत सरकारप्रति आभार प्रकट समेत गरेका छन् । यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?