Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि चीनसँग सहकार्य गर्न उपप्रमको जोड


३० ,असोज ,बेइजिङ (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा उनिहरूबीच नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याएका थिए ।

“आन्तरिक तथा बाह्य राजनीतिक परिस्थितिमा फेरबदल भए पनि एक चीन नीतिप्रति नेपालको स्पष्ट र अटल अडान रहेको छ”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले कानुन कार्यान्वयन, सीमा व्यवस्थापन तथा सुरक्षा अधिकारीको क्षमता अभिवृद्धिलगायत विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने बारेमा छलफल गरेका थिए ।

उनले शान्ति सुरक्षा कायम गर्न तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री सियाओहङले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहायता सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल–चीन सीमा क्षेत्रका १४ वटा सीमा नाकालाई खुला भएकामा दुवै नेतृत्वले प्रशंसा गरेका थिए । उनिहरूले सीमा नाका खुला हुँदा द्विपक्षीय व्यापार प्रवद्र्धन मात्रै हुने नभई दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ र विपद् तथा जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा चीनका तर्फबाट सार्वजनिक सुरक्षामन्त्री सियाओहङसहित चिनियाँ उच्च अधिकारी सहभागी थिए ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?