Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएक छन् । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउदै कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी सङ्गठन भएको बताए ।

मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा. दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले प्रहरी सङ्गठनको विविध पक्षबारे चर्चा गर्दै सो अवसरमा अपराध अनुसन्धानतर्फ कोशी प्रदेशमा उत्कृष्ट भएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई रु एक लाख राशिको साधनादेवी स्मृति पुरस्कार तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिएको भन्दै प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई रु २५ हजार राशिको विप्लव थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सातवटै प्रदेशमध्ये व्यवस्थापनमा उत्कृष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र प्रदान गरिएको थियो । प्रहरी सङ्गठनमा कार्यरत प्रहरीका पढाइमा उत्कृष्ट छोराछोरीलाई कार्यक्रममा पुरस्कृत गरिएको र पुरस्कृत हुनेहरुमा स्नातकोत्तरतर्फ प्रमिला खड्का, एलिजा थापा, एलिशा गौतम, एलिना शर्मा, श्रीयङ्का राई, रविना थापा, शालिनी ठाकुर तथा एसइईतर्फ सवोत्कृष्ट हुने २५ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?