Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएक छन् । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउदै कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी सङ्गठन भएको बताए ।

मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा. दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले प्रहरी सङ्गठनको विविध पक्षबारे चर्चा गर्दै सो अवसरमा अपराध अनुसन्धानतर्फ कोशी प्रदेशमा उत्कृष्ट भएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई रु एक लाख राशिको साधनादेवी स्मृति पुरस्कार तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिएको भन्दै प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई रु २५ हजार राशिको विप्लव थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सातवटै प्रदेशमध्ये व्यवस्थापनमा उत्कृष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र प्रदान गरिएको थियो । प्रहरी सङ्गठनमा कार्यरत प्रहरीका पढाइमा उत्कृष्ट छोराछोरीलाई कार्यक्रममा पुरस्कृत गरिएको र पुरस्कृत हुनेहरुमा स्नातकोत्तरतर्फ प्रमिला खड्का, एलिजा थापा, एलिशा गौतम, एलिना शर्मा, श्रीयङ्का राई, रविना थापा, शालिनी ठाकुर तथा एसइईतर्फ सवोत्कृष्ट हुने २५ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?