Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

तीन महिनामा बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु


बाजुरा । जिल्लामा मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सार्वजनिक गरेको विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो भने बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनुको साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भइ बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए।

महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ । प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन् । स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरु पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?