Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

तीन महिनामा बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु


बाजुरा । जिल्लामा मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सार्वजनिक गरेको विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो भने बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनुको साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भइ बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए।

महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ । प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन् । स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरु पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?