Trending
>>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

नेविसंघले आयोजना गरेको स्वास्थ्य शिविरमा लाग्यो विद्यार्थीको भिड


काठमाडौं । नेपाल विद्यार्थी संघ स्ववयिु प्रचार प्रसार समितिले काठमाडौंका विभिन्न क्यापसमा आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिबिरमा विद्यार्थीहरुको भिड लागेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न क्यापस र कलेजमा घुम्ति शिविरका रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरले विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरी विभिन्न स्वास्य सेवा प्रदान गर्ने प्रचार स्रसार समितिले जनाएको छ । विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरि मंगलबार काठमाडौंको नेपाल कर्मश क्याम्पस मिनभवनमा स्वास्थ्य बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
आसन्न चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनलाई लक्षित गरेर नेविसंघले विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरीरहेको छ ।

क्याम्पस प्रांगनमा भएको उक्त स्वास्थ्य शिबिरमा कलेजका करिव ४ सय बढीले विद्यार्थी र शिक्षकहरुले स्वास्थ्य परिक्षण गरी लाभ उठाएको शिविरका कोडिनेटर डा. सागर काफ्ले जानकारी दिए ।
शिविरमा आँखा जाँच शिविर, दन्त जाँच शिविर, छाला जाँचसम्बन्धी शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत निशुल्क सेनेटरी प्याड समेत प्रदान गरीएको थियो । शिविरमा विभिन्न विषयका विशिष्ट विशेषज्ञ चिकित्सकको टोली उपस्थिति थियो ।

विद्यार्थीको स्वास्थ परीक्षणका लागी किष्ट मेडिकल कलेज र गोगबु डेन्टल केयरका डा। सागर काफ्ले, डा आशिष पाण्डे लगायतको चिकित्सको समूहले सेवा दिएको छ ।
उक्त शिविरमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारीलगायतले निःशुल्क स्वास्थ्य जाँच गर्ने अवसर पाएका थिए । नेविसंघ नेपाल कर्मश क्याम्पस इकाइ सभापति सरोज तिमिल्सिनाले यस्तो कार्यक्रम विरलै मात्र आयोजना हुने र यस्ता कार्यक्रमले विद्यार्थीको समाजप्रतिको उत्तरदायित्व, भूमिका र आफ्नो स्वास्थ्यप्रतिको सजगतालाई थप मजबुत बनाउने बताए ।
शिविरका कोडिनेटर डा. सागर काफ्लेले यस्ता कार्यक्रमको आयोजना गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवं नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताए ।


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?