Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेविसंघले आयोजना गरेको स्वास्थ्य शिविरमा लाग्यो विद्यार्थीको भिड


काठमाडौं । नेपाल विद्यार्थी संघ स्ववयिु प्रचार प्रसार समितिले काठमाडौंका विभिन्न क्यापसमा आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिबिरमा विद्यार्थीहरुको भिड लागेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न क्यापस र कलेजमा घुम्ति शिविरका रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरले विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरी विभिन्न स्वास्य सेवा प्रदान गर्ने प्रचार स्रसार समितिले जनाएको छ । विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरि मंगलबार काठमाडौंको नेपाल कर्मश क्याम्पस मिनभवनमा स्वास्थ्य बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
आसन्न चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनलाई लक्षित गरेर नेविसंघले विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरीरहेको छ ।

क्याम्पस प्रांगनमा भएको उक्त स्वास्थ्य शिबिरमा कलेजका करिव ४ सय बढीले विद्यार्थी र शिक्षकहरुले स्वास्थ्य परिक्षण गरी लाभ उठाएको शिविरका कोडिनेटर डा. सागर काफ्ले जानकारी दिए ।
शिविरमा आँखा जाँच शिविर, दन्त जाँच शिविर, छाला जाँचसम्बन्धी शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत निशुल्क सेनेटरी प्याड समेत प्रदान गरीएको थियो । शिविरमा विभिन्न विषयका विशिष्ट विशेषज्ञ चिकित्सकको टोली उपस्थिति थियो ।

विद्यार्थीको स्वास्थ परीक्षणका लागी किष्ट मेडिकल कलेज र गोगबु डेन्टल केयरका डा। सागर काफ्ले, डा आशिष पाण्डे लगायतको चिकित्सको समूहले सेवा दिएको छ ।
उक्त शिविरमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारीलगायतले निःशुल्क स्वास्थ्य जाँच गर्ने अवसर पाएका थिए । नेविसंघ नेपाल कर्मश क्याम्पस इकाइ सभापति सरोज तिमिल्सिनाले यस्तो कार्यक्रम विरलै मात्र आयोजना हुने र यस्ता कार्यक्रमले विद्यार्थीको समाजप्रतिको उत्तरदायित्व, भूमिका र आफ्नो स्वास्थ्यप्रतिको सजगतालाई थप मजबुत बनाउने बताए ।
शिविरका कोडिनेटर डा. सागर काफ्लेले यस्ता कार्यक्रमको आयोजना गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवं नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताए ।


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?