Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भूकम्पले क्षति पुर्याएको कालिका मन्दिर र रङ्गमहल जिर्णोद्धार


गोरखा । गोरखामा विनाशकारी भूकम्पले क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको भ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो । राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद थप गरी ढिलो गरेर काम सम्पन्न गरेको हो । उनका अनुसार रु एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रङ्गमहलको प्रवलीकरण गरिएको र पुराना संरचना कमजोर देखिएको भागको मात्र मर्मत गरिएको प्रमुख भुसालको भनाइ रहेको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?