Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भूकम्पले क्षति पुर्याएको कालिका मन्दिर र रङ्गमहल जिर्णोद्धार


गोरखा । गोरखामा विनाशकारी भूकम्पले क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको भ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो । राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद थप गरी ढिलो गरेर काम सम्पन्न गरेको हो । उनका अनुसार रु एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रङ्गमहलको प्रवलीकरण गरिएको र पुराना संरचना कमजोर देखिएको भागको मात्र मर्मत गरिएको प्रमुख भुसालको भनाइ रहेको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?