Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै


नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गर्नुभएका उहाँको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म फार्ममा रु छ करोड बढी लगानी भएको छ । उहाँले भन्नुभयो, “फर्ममा नौ जनाको परिवारले रोजगारी पाएका छन्”, व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने गरेको छ । उन्नाइस हजार कुखुरालाई दैनिक करिब रु एक लाख २० हजार खर्च हुन्छ । आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । करिब त्रिपन्न रोपनी क्षेत्रफलमा छवटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्षलगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताउनुभयो । चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउनका लागि ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ । अण्डा निर्यात पोखरा, काठमाडौँ र चितवनमा गर्दै आएका छौँ । उहाँले भन्नुभयो, “स्थानीय बजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैनन् ।” “चितवनको अबिनास हाइलाइन नेपालबाट चल्ला ल्याउँदै आएका छौँ ।

चल्ला हुर्काउन अत्यन्त जोखिम छ, निश्चित तापक्रम दिनुपर्दछ, यसका लागि खट्नुपर्छ, अथक मेहेनत र परिश्रम भए पनि यस व्यवसायबाट खुसी छौँ”, उहाँले भन्नुभयो । फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ । लामो समयदेखि आवद्ध भएको हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताउनुभयो । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै त्यो भन्दा बढी मलाई आत्मसन्तुष्टि मिलेको छ”, सञ्चालक थापाले भन्नुभयो ।


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?