Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

चाडपर्व लागेसँगै पोखरामा भित्रिए भेडाच्याङ्ग्रा


अन्नपूर्ण, कास्की । चाडपर्व लागेसँगै भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ । शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताए । राजेन्द्रबहादुरले रू २५ हजारदेखि रू ४५ हजारसम्ममा च्याङ्ग्रा बेचिरहेको बताए । अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा रू ५७ हजारसम्म पर्ने बताउनुदै उनले आफूकोमा रू ३५ देखि रू ५७ हजारसम्मका च्याङ्ग्रा रहेका जानकारी समेत गराए ।

दसैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका–१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताए । सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उनको भनाइ रहेको छ । पछिल्लो समयमा भेडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको कृष्णप्रसादको भनाइ छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?