Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

बनेपामा पनि क्यान्सर रोगको उपचार गरिने


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ । विसं २०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ । विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट उपचार सेवा प्रदान हुँदै आएको छ । यस्तै क्यान्सरका बिरामीका लागि सघन उपचार कक्ष शय्याको व्यवस्था गरिएको छ भने केमोथेरापी सेवाको व्यवस्थाका साथै विशेषज्ञ चिकित्सक र नर्सलाई तालिम पनि दिईसकिएको छ । त्यसैगरी महिलाका लागि हरेक महिना एकपटक आफै ‘ब्रेस्ट चेक’ गर्न अनुरोध गर्नाका साथै खानपान र रहनसहनमा पनि ध्यान दिन अनुरोध गरिने उहाँले बताउनुभयो । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले हरेक दिन क्यान्सरका बिरामी बढिरहेको पाइएको तर बिरामीले सहज र नियमित उपचार सेवा नपाउँदा मानसिक तथा शारीरिकरूपमा थप अशक्त हुँदै गएको अवस्थामा यस अस्पतालमा उक्त रोगका बिरामीको उपचार सुरु गर्न लागिएको जानकारी दिए ।

यसैबीच विश्वव्यापीरूपमा स्तन क्यान्सर जागरुकता महिना अक्टोबरको अवसरमा स्तन क्यान्सरबारे सचेतनाका लागि नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रेपलाञ्चोक शाखाले उक्त अस्पतालको सहकार्यमा कात्तिक ३ गते बनेपामा वृहत् र्‍यालीे आयोजना गर्ने भएको छ भने रोग लाग्नै नदिने र लागिहाले समयमै उपचार गरी सरल जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त र्‍याली आयोजना गर्न लागिएको उनले बताए ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?