Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भैरहवामा ड्रेसकोडको विरोधमा युनिभर्सल मेडिकल कलेजमा पढाइ र उपचार सेवा ठप्प


बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड, पाइन्ट र सर्ट अनिवार्य गर्ने निर्णय गरेपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरु पढाइ बन्द गराएर आन्दोलनमा आएका हुन् । उनीहरुको आन्दोलनमा इन्टर्न डाक्टरहरुले पनि साथ दिएपछि पढाइसँगै उपचार सेवा बन्द छ भने विद्यार्थी र चिकित्सकहरुको आन्दोलनले बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् । प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । यही विषयमा सुरु भएको विरोध प्रिन्सिपल पाठकको राजीनामा माग र उपचार सेवा नै बन्द गर्ने हदसम्म पुगेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा आइतबार चार घण्टा बढी समय कलेज प्रशासन र विद्यार्थीहरुबीच वार्ता भएको थियो भने आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल पाठकलाई भगाइएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप लगाएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताएका छन् । विद्यार्थीका जायज मागहरू कलेज प्रशासनले माग सम्बोधन गरी पठनपाठन र उपचार सेवा सुरु गर्नेतर्फ ढिला गर्न नहुने सुझाव आफूले दिएको अर्यालले बताए ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?