Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण


मनहरी । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतकोे उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताए ।

विद्यालय पोसाक किन्नसमेत समस्या भोगिरहेका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको उनले बताए ।  सो विद्यालयमा कक्षा १ देखि ३ सम्म पढाइ हुने सो विद्यालयमा सिमान्तकृत चेपाङ समुदायका विद्यार्थी अध्ययनरत छन् ।

 


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?