Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

साहित्यकार भट्टराईको ‘ठाँटीको घाम’सार्वजनिक


२९ ,असोज ,फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो पुस्ताका चर्चित साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ ।

घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले संयुक्तरुपमा सो कृतिको विमोचन गरेका थिए । सो अवसरमा उनिहरुले साहित्यकार भट्टराईलाई अगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिए ।

ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत भट्टराईको यसअघि ‘साँझमा पारिलो तारा २०६८’ (कविता सङ्ग्रह) र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

सामाजिक जनजीवनलाई जीवन्त एवं सटिकरुपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३ खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन् । उपन्यास २४५ पृष्ठको छ । उपन्यासका लेखक भट्टराईले भने, “उपन्यासका कथावस्तु र पात्र मेरै गाउँ घर वरिपरिका हुन् । केही मेरो बुबाको साथीसमेत उपन्यासका वस्तुमा पात्रका रुपमा उभिएका छन् । गाउँ घरमा भएको सामाजिक यथार्थ परिवेश र समस्यालाई केन्दमा्र राखेर उपन्यासको भाव भूमि उनिएका छन् ।”

सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भने, “यस उपन्यासले समाजमा धेरै कुरा सिकाएको छ । उपन्यास मनदन पुरस्कार प्राप्तिका लागि दाबी गर्न योग्य छ । म एकपटक आम पाठकले उपन्यासलाई अध्ययन गर्न आग्रह गर्दछु । ”

साहित्यकार तथा उपप्राध्यापक शान्तिराम नेपालले ‘ठाँटीको घाम’ उपन्यासले नेपाली समाजलाई नयाँ ढङ्गबाट व्याख्या, विश्लेषण गरेको जनाउँदै नेपाली उपन्यासमा यसले नयाँ आयाम थपेको छ भने । उनले भने, “गालामा हात राखेर उपन्यासका कथा बगेजस्तै कोही कसैको मन उपन्यास पढ्दा बगिरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थ्यो । उपन्यासमा प्रस्तुत भएको विषयवस्तु, पात्रको चरित्रका बारेमा प्रस्तुत गर्दा प्रायः सबैले एक पटक आफ्नो बाल्यकालमा विद्यालय गएको सम्झना आइरहन्थ्यो ।”

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथि समिक्षा गर्दै भने, “म दुई दशकदेखि पत्रिकारिता गर्दै आएको छु । मैले कलम चलाउनुभन्दा अघि त्यो कलम र त्यसको मसीले कसैमाथि अन्याय गरिहेको छ की भनेर सोच्न यो किताबमा लेखिएको हरफले सिकाएको छ । उपन्यासले पत्रकारले कलम चलाउनुअघि प्रयोग गरिने भाषा र विषयका बारेमा सोच्न सन्देश दिएको छ ।”

उपन्यासमा रहेका विषय वस्तु हाम्रै छरछिमेक गाउँ घरको यर्थाका घटनालाई सिलसिलाबद्ध तरिकाले उठान गरेका उनले बताए । “मैले किताब समाउँदै गर्दा र किताबका पाना पल्टाउँदै गर्दा सोचेको पनि थिइन, एकजना राष्ट्रसेवक कर्मचारीले कोही किन अनियमिततामा लुप्त हुन्छ, उसले त्यसरी कमाएको पैसा केमा खर्च गर्छ भन्ने कथामा समेटेको छ ।” पत्रकार गौतमले भने,“यो उपन्यासले नेतालाई उच्च सम्मान दिएको छ । लक्ष्य र योजना भएको सक्षम नेतृत्वले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने देखाएको छ । समुदायमा भोट माग्नुअघि देखाउनुपर्ने चरित्र, समुदायले गर्ने मूल्याङ्कनका विषयमा प्रष्ट्याइएको छ । नेतृत्व समाजप्रति उत्तरदायी भए भोट माग्नु जानुपर्दैन जनताले आफै नेतृत्व खोजेर आउँछन् भन्ने सन्देश दिएको छ ।”


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?