Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव


२८ ,असोज ,काठमाडौँ । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ ।

विभिन्न जातिका वेशभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर आज घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवदुर्गा महोत्सव आयोजना गरिएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार यही असोज २८ देखि कात्तिक ६ गतेसम्म नवरात्रि विशेष कार्यक्रम हुनेछ । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरपालिकाभित्रका विभिन्न टोलका आमा समूह, विद्यार्थी तथा सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

विन्ध्यवासिनीदेखि सुरु भएको शोभायात्रा मोहरीयाटोल, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा, बगालेटोल मोहरीयाटोल हुँदै पुनः विन्दावासिनी मन्दिर परिसरमै पुगेर टुङ्गिएको थियो । शोभायात्रामा देवी दुर्गाका विभिन्न नौ अवतार तथा अन्य देवी देवताको झाँकी निकालिएको थियो ।

घटस्थापनाको दिन आजदेखि मन्दिरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ गरिएको छ । महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गरिने बताइएको छ ।श्रीमद्देवी भागवतको कथा पूर्वाह्न ९ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म प्रवचन हुने जानकारी श्रेष्ठले दिनुभयो । मन्दिरमा विजया दशमीको नित्य पूजाआजा बिहान ४ बजेदेखि गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

बडादसैँको स्वागतार्थ शोभायात्रासहित आज घटस्थापना पूजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव सुरु भएको हो । विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आइएको छ । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ ।

“महोत्सवको पहिलो उद्देश्य धर्म संस्कृतिको संरक्षण हो, हाम्रो धर्म संस्कृतिबारे सन्ततिलाई जानकारी र पुस्तान्तरण गर्ने दोस्रो उद्देश्य हो”, सदस्य सचिव श्रेष्ठले भने, “सामाजिक सद्भाव कायम गर्न सकिन्छ भनेर महोत्सव आयोजना गरेका हौँ ।” महोत्सवबाट अर्थ सङ्कलन नै प्रमुख उद्देश्य नभएपनि मन्दिर, महोत्सवमा आएका भक्तजनले आफ्नो खुसीले भेटी चढाउन पाउने श्रेष्ठले बताए ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?