Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

पोखरामा खानेपानी नियमित नभएको गुनासो


पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाउनुभएको १० वर्षभन्दा बढी भयो । उहाँले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाड्नुभएको छैन । पैसा तिरेर धारामा आएको पानीले उहाँलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उहाँले भन्नुभयो, “मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।” उहाँले खानेपानी संस्थानलाई मासिक रु एक सय १० बुझाउने गरेको बताउनुभयो ।

त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ÷नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो । पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उहाँकोमा खानेपानीको बिल ५५ हजारको आएको उहाँले बताउनुभयो । पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिर्नुभयो । “मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ”, उहाँले भन्नुभयो, “त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो ।

अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।” सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताउनुहुन्छ । “पोखरामा पानीको त्यति साह्रै समस्या छैन्”, उहाँले भन्नुभयो, “समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच÷१० प्रतिशतमा समस्या त हुन्छ नै ।” संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उहाँको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उहाँले बताउनुभयो । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।

डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताउनुभयो । “भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।” यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उहाँको भनाइ थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको उहाँले बताउनुभयो । जाइकाको पाँच अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको उहाँले बताउनुभयो । सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने उहाँको भनाइ छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?