Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

राष्ट्रप्रतिमा देउवाले चिठी लेखेर मागे ओलीसँग भोट


काठमाडौ : कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन या मित्रवत प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । मंगलबार ओलीलाई पत्र लेख्दै देउवाले यस्तो आग्रह गरेका हुन् । पत्रमा भनिएको छ :
श्री केपी शर्मा ओलिजि
अध्यक्ष नेकपा एमाले

बिषय ; रास्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आआफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं l लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं l यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ l त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु र रास्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने बिसयमा ध्यानाकर्षण गरिरहेको छु l

रास्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं l यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा संभव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ l विमतिबिच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबिच पनी आपसमा मत माग्ने संस्कृति हाम्रो बिशिस्ट पहिचान रहिआएको छ l यही पृष्ठभुमिमा माननीय पौडेलका लागि
रास्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबिचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l

सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरु भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ l संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको रास्ट्रीय कार्यभार कुशलतापुर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरण तर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो l यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु l

जय नेपाल

शेरबहादुर देउवा
सभापति, नेपाली काँग्रेस
०७९ फागुन १५


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?