Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

सितोरियो करातेतर्फ दिक्तेल डोजो पहिलो


२७ ,असोज ,खोटाङ । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ ।

नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो ।

तीन स्वर्ण, तीन रजत र सात कास्यसहित हलेसी डोजो दोस्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मिडार डोजो तेसो भएको सङ्घका अध्यक्ष मिलन कसजूले जानकारी दिए ।

धितुङ डोजो दुई कास्य पदकसहित चौथो भयो । दिक्तेल डोजोका लागि सिबिहाङ राई, जिताहाङ राई, सुसम राई, शिशिर राई, प्रणयविक्रम राई, सोनाम राई, सन्देश राई विकास आचार्य, सरगम राई, सोमिया राई, समीक्षा राई, आयुश्मा राई, स्मृति राई, सुशीला राई र मुना श्रेष्ठले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जिते ।

यस्तै हलेसी डोजोका लागि सुनिल परियार, थर्डसन राई, डोमन राई, ओलिसा राई र रोजिना शङ्करले आ–आफ्नो तौल समूहमा स्वर्ण जिते ।

च्यास्मिटार डोजोका लागि सङ्गम राई र अनुप राईले रजत तथा अर्बिन राई, सन्देश राई, मिलन राई, दिक्षा राई र प्रयुसा राईले कास्य पदक प्राप्त गरे । धितुङ डोजोका मनिता दर्नाल र युकेश राईले कास्य पदक प्राप्त गरे । पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत तथा विकास आचार्य र आयुस भुजेलले कास्य पदक पाए ।

महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत तथा विसुका राई र करुणा राईले कास्य पदक पाए ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?