Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सितोरियो करातेतर्फ दिक्तेल डोजो पहिलो


२७ ,असोज ,खोटाङ । दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ ।

नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो ।

तीन स्वर्ण, तीन रजत र सात कास्यसहित हलेसी डोजो दोस्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मिडार डोजो तेसो भएको सङ्घका अध्यक्ष मिलन कसजूले जानकारी दिए ।

धितुङ डोजो दुई कास्य पदकसहित चौथो भयो । दिक्तेल डोजोका लागि सिबिहाङ राई, जिताहाङ राई, सुसम राई, शिशिर राई, प्रणयविक्रम राई, सोनाम राई, सन्देश राई विकास आचार्य, सरगम राई, सोमिया राई, समीक्षा राई, आयुश्मा राई, स्मृति राई, सुशीला राई र मुना श्रेष्ठले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जिते ।

यस्तै हलेसी डोजोका लागि सुनिल परियार, थर्डसन राई, डोमन राई, ओलिसा राई र रोजिना शङ्करले आ–आफ्नो तौल समूहमा स्वर्ण जिते ।

च्यास्मिटार डोजोका लागि सङ्गम राई र अनुप राईले रजत तथा अर्बिन राई, सन्देश राई, मिलन राई, दिक्षा राई र प्रयुसा राईले कास्य पदक प्राप्त गरे । धितुङ डोजोका मनिता दर्नाल र युकेश राईले कास्य पदक प्राप्त गरे । पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत तथा विकास आचार्य र आयुस भुजेलले कास्य पदक पाए ।

महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत तथा विसुका राई र करुणा राईले कास्य पदक पाए ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?