Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


काठमाडौं । राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यसबारे प्रतिष्ठान अथवा आयोग गठनको विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपाङ्गता वा फरक क्षमता भएकाको मानवअधिकारको रक्षा उनीहरूको सशक्तीकरण र तथा विकासका लागि सरकारको सैद्धान्तिक, राजनीतिक र व्यवहारिक प्रतिबद्धता व्यक्त  गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सङ्घ, प्रदेश र स्थानीय तहका वार्षिक रूपमा विनियोजन हुने बजेटमार्फत थप लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको महसुस भएको पनि बताएका छन् । उनले ‘सङ्घ, प्रदेश र स्थानीय तहका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत अपाङ्गता वा फरक क्षमता भएकाको अधिकार संरक्षण, परिचय पत्र वितरण तथ्याङ्क सङ्कलनलगायत लक्षित कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउदै यसलाई थप प्रभावकारी बनाइ अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र सम्मानजनक जीवनयापनका लागि सरकार प्रतिबद्ध रहेको समेत व्यक्त गरे ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?