Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सरकार र आन्दोनरत स्थानीय तहका कर्मचारीबीच वार्ता जारी


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले बुँदागत रुपमा छलफल गरिरहेको हो । मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी रहेका छन् भने निजामती कर्मचारी संगठनका ५ जना र स्थानीय तह कर्मचारी संघर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी रहेका छन् ।

स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषमा छलफल भएको थियो भने स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिका महासचिव विजय कुमार देवकोटाका २० बुँदा मध्ये आज अन्य बुँदामा छलफल भइरहेको छ । स्थानीय तहका कर्मचारीहरुले आन्दोलन र वार्ता दुवै समानन्तर गरिरहने बताएका छन् ।

 


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?