Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

‘विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो छ’: गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताउएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको समेत बताए ।

उनले प्राकृतिक विपत्तिका बेला अपाङ्गता भएका व्यक्तिहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई त्यसबाट जोगाउने सामुदायिक स्तरमा काम हुनुपर्नेमा जोड दिए । उनले सूचनाको माध्यमबाट प्रभावित परिवारलाई जोगाउनु पहिलो जिम्मेवारी रहेको र त्यसका लागि आवश्यक नीतिनिर्माण र प्रणालीको विकास गर्न जरुरी भएको समेत बताए ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?