Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सिंहदरबारबाट कृष्ण पहाडी सहितका १६ जना अधिकारकर्मी पक्राउ


काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका १६ जना अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी रहेका थिए भने उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेका छन् भने मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?