Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सिंहदरबारबाट कृष्ण पहाडी सहितका १६ जना अधिकारकर्मी पक्राउ


काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका १६ जना अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी रहेका थिए भने उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेका छन् भने मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?