Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी


काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । बिभिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्मले विदेशिन बाध्य नेपाली युवाले भोग्नुपरेको सामाजिक र पारिवारिक असरको कथा पेश गर्छ । यसै फिल्मबाट गायक समेत रहेका प्रकाश सपुतले फिल्म अभिनयमा डेब्यु गरेका छन् ।

फिल्ममा सपुतसहित केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया लगायतको मुख्य भूमिका छ । पारिवारिक कथावस्तु समेटिएको यो फिल्मले वैदेशिक रोजगारीको प्रभावको कथावस्तु पेश गर्दछ । कुमार भाष्कर निर्देशित ‘कौसीद’ले आफ्नो परिवार बचाउन एक शिक्षकले गर्नुपरेको संघर्षको कथा पेश गर्छ । नयाँ घर बनाउन र परिवारलाई खुसी राख्न बैंकबाट ऋण लिने एक शिक्षकले कसरी ऋण तिर्छ ? यसको कथावस्तु फिल्ममा छ । यस फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्माको शीर्ष भूमिका रहेको छ ।

यस्तै शुक्रबार रिलिज भएको अर्को फिल्म ‘बसेन्जी’लाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् । फिल्ममा असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको शीर्ष भूमिका छ । हरर, थ्रिलर र सस्पेन्स जनरामा बनाइएको यो फिल्मले एक युवाको कथा पेश गर्छ । आफ्ना पिताले नेपालको कृषि उद्योगबारे एक खोजमूलक लेख अखबारमा प्रकाशित गरेपछि उसको छोराले भोग्नुपरेको नियतिको कथावस्तुमा फिल्म घुमेको छ । विगतले ती युवालाई कसरी पछ्याउँछ भन्ने कथावस्तु रहेको फिल्म बदलाको कथामा आधारित छ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?