Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी


काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । बिभिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् । ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्मले विदेशिन बाध्य नेपाली युवाले भोग्नुपरेको सामाजिक र पारिवारिक असरको कथा पेश गर्छ । यसै फिल्मबाट गायक समेत रहेका प्रकाश सपुतले फिल्म अभिनयमा डेब्यु गरेका छन् ।

फिल्ममा सपुतसहित केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया लगायतको मुख्य भूमिका छ । पारिवारिक कथावस्तु समेटिएको यो फिल्मले वैदेशिक रोजगारीको प्रभावको कथावस्तु पेश गर्दछ । कुमार भाष्कर निर्देशित ‘कौसीद’ले आफ्नो परिवार बचाउन एक शिक्षकले गर्नुपरेको संघर्षको कथा पेश गर्छ । नयाँ घर बनाउन र परिवारलाई खुसी राख्न बैंकबाट ऋण लिने एक शिक्षकले कसरी ऋण तिर्छ ? यसको कथावस्तु फिल्ममा छ । यस फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्माको शीर्ष भूमिका रहेको छ ।

यस्तै शुक्रबार रिलिज भएको अर्को फिल्म ‘बसेन्जी’लाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् । फिल्ममा असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको शीर्ष भूमिका छ । हरर, थ्रिलर र सस्पेन्स जनरामा बनाइएको यो फिल्मले एक युवाको कथा पेश गर्छ । आफ्ना पिताले नेपालको कृषि उद्योगबारे एक खोजमूलक लेख अखबारमा प्रकाशित गरेपछि उसको छोराले भोग्नुपरेको नियतिको कथावस्तुमा फिल्म घुमेको छ । विगतले ती युवालाई कसरी पछ्याउँछ भन्ने कथावस्तु रहेको फिल्म बदलाको कथामा आधारित छ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?