Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

उपप्रधानमन्त्रीले पीडितलाई सुनाउनुभयो मुद्दाको प्रगति


कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको बुधबारको दृश्य अलि फरक थियो । प्रहरी कार्यालयको ‘कन्ट्रोल रूम’बाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टेलिफोनबाट गुर्भाकोट नगरपालिका–१४ का ३१ वर्षीय अर्जुन पुनविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दा दिने जाहेरवाला आठबीस नगरपालिका–५ सिङ्गासैन दैलेखका ४० वर्षीय मोतिराम पुरीलाई फोन गरी मुद्दाको प्रगतिबारे सुनाए ।  रक्षामन्त्री खड्काले पीडित महिलासँग पनि फोनमार्फत संवाद गर्दै भने, “तपाईँले दिनुभएको बहुविवाहसम्बन्धी मुद्दाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रतिवादीलाई जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई बयान लिइसकिएको छ । प्रहरीले उजुरीका आधारमा आवश्यक प्रमाण सङ्कलन पनि गरिरहेको छ ।”

उनले  तपाई जस्ता पीडितले आउनुपर्ने भएमा मात्रै प्रहरीले जानकारी गर्ने र हिजोका दिनमा सधैँ आएर कामको प्रगतिका बारेमा जानकारी लिनुपरेकामा आजदेखि त्यो अवस्थाको अन्त्य भएको जानकारी गराए । रक्षामन्त्री खड्काकाले सेवाग्राहीलाई बारम्बार प्रहरी कार्यालयमा आउन नपर्ने र अबदेखि प्रहरी आफैले फोन गरेर मुद्दाको काम कारबाही र प्रगतिबारे जानकारी दिने व्यवस्था गरेको बताए । केन्द्र सरकारको सहयोगमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत ट्राफिक नियम पालन, पीडित सहायता कार्यक्रम पनि बुधबारदेखि आरम्भ गरेको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?