Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

उपप्रधानमन्त्रीले पीडितलाई सुनाउनुभयो मुद्दाको प्रगति


कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको बुधबारको दृश्य अलि फरक थियो । प्रहरी कार्यालयको ‘कन्ट्रोल रूम’बाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टेलिफोनबाट गुर्भाकोट नगरपालिका–१४ का ३१ वर्षीय अर्जुन पुनविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दा दिने जाहेरवाला आठबीस नगरपालिका–५ सिङ्गासैन दैलेखका ४० वर्षीय मोतिराम पुरीलाई फोन गरी मुद्दाको प्रगतिबारे सुनाए ।  रक्षामन्त्री खड्काले पीडित महिलासँग पनि फोनमार्फत संवाद गर्दै भने, “तपाईँले दिनुभएको बहुविवाहसम्बन्धी मुद्दाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रतिवादीलाई जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई बयान लिइसकिएको छ । प्रहरीले उजुरीका आधारमा आवश्यक प्रमाण सङ्कलन पनि गरिरहेको छ ।”

उनले  तपाई जस्ता पीडितले आउनुपर्ने भएमा मात्रै प्रहरीले जानकारी गर्ने र हिजोका दिनमा सधैँ आएर कामको प्रगतिका बारेमा जानकारी लिनुपरेकामा आजदेखि त्यो अवस्थाको अन्त्य भएको जानकारी गराए । रक्षामन्त्री खड्काकाले सेवाग्राहीलाई बारम्बार प्रहरी कार्यालयमा आउन नपर्ने र अबदेखि प्रहरी आफैले फोन गरेर मुद्दाको काम कारबाही र प्रगतिबारे जानकारी दिने व्यवस्था गरेको बताए । केन्द्र सरकारको सहयोगमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत ट्राफिक नियम पालन, पीडित सहायता कार्यक्रम पनि बुधबारदेखि आरम्भ गरेको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?