काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखा जिल्लामा निर्माण भएका विद्युत परियोजनाहरुको सफलतासँगै गोरखाबासीको समुन्नति सुनिश्चित हुने बताएका छन् । विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत आयोजनाको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा बोल्दै सांसद बजगाईंले गोरखाकै गौरवको रुपमा रहेको बुढीगण्डकी आयोजना र अन्य साना विद्युत आयोजनाहरुका सफलतासँग गोरखाको विकास जोडिएको बताए ।
प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार