Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

संघीय संसदको अधिवेशन अन्त्य गर्नेबारे सरकार परामर्शमा


काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् । नेताहरुका अनुसार असोज २९ गते बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी रहेको छ । हिन्दुहरुको ठूलो पर्व दशैंं २८ असोजदेखि सुरु हुने भएकाले सरकारले यही दिनको आसपासमा संसद अधिवेशन अन्त्य गर्दै छ । प्रधानमन्त्रीको सचिवालयले अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका चाडपर्वको समयका लागि संसदको अधिवेशन अन्त्य हुने र चाडपर्व सकिए लगत्तै हिउँदे अधिवेशन बोलाउने गरी चालू अधिवेशन अन्त्य गर्न लागिएको छ । संघीय संसदकै राष्ट्रियसभाको बैठक २६ असोजको शुक्रबार बोलाइएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश गर्ने र विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने तयारी रहेको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?