Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

संघीय संसदको अधिवेशन अन्त्य गर्नेबारे सरकार परामर्शमा


काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् । नेताहरुका अनुसार असोज २९ गते बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी रहेको छ । हिन्दुहरुको ठूलो पर्व दशैंं २८ असोजदेखि सुरु हुने भएकाले सरकारले यही दिनको आसपासमा संसद अधिवेशन अन्त्य गर्दै छ । प्रधानमन्त्रीको सचिवालयले अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुसँग परामर्श गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका चाडपर्वको समयका लागि संसदको अधिवेशन अन्त्य हुने र चाडपर्व सकिए लगत्तै हिउँदे अधिवेशन बोलाउने गरी चालू अधिवेशन अन्त्य गर्न लागिएको छ । संघीय संसदकै राष्ट्रियसभाको बैठक २६ असोजको शुक्रबार बोलाइएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेश गर्ने र विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने तयारी रहेको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?