Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भिरपानी निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र


मन्थली, रामेछाप । जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते सम्झौता भएको थियो । रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ । उक्त आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न गरी निर्माण व्यवसायीले रू ८३ लाख १७ हजार चार सय ३३ भक्तानीसमेत लिएपछि बाँकी काम अलपत्र भएको कार्यालयका इञ्जिनियर दिवाकर मण्डलले जानकारी दिए।

निर्माण व्यवसायीले आयोजनाको काम अलपत्र छोडेपछि काम अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्दा पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले गुनासो गरे । निर्माण गरिएका संरचना पनि सबै भत्किसकेका नदी छेउबाट ट्याङ्कीसम्म ल्याउन बिच्याईएको पाइप सबै टुक्राटुक्रा भइसकेको र आयोजना निर्माण पुनः सुरु गर्ने सम्बन्धमा सरोकारवाला निकायले खासै चासो नदिएका उनले बताए । निर्माण व्यवसायीले काम बीचमै छाडेर हिँडेपछि पटकपटक पत्राचार गर्दासमेत व्यवसायी सम्पर्कमा नआएको डिभिजन कार्यालयका इञ्जिनियर मण्डलले बताए ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?