Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु


गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको र पालिकाभित्र रहेका विभिन्न माध्यामिक विद्यालयका छात्र तथा छात्राको फुटबल टोलीको सहभागिता रहेको छ । सो प्रतियोगितामा उपाधि विजेता टोलीलाई रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएकोे छ ।

उक्त प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले पालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता प्रतियोगिताले स्वास्थ्यका साथै युवाको व्यक्तित्व विकासमा ठुलो सहयोग पुग्ने र उनीहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताए ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?