Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नियामकीय हस्तक्षेपले अर्थतन्त्रमा समस्या आएको छ : निजी क्षेत्र


काठमाडौं। निजी क्षेत्रले नियामकीय हस्तक्षेपले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नियमकको हस्तक्षेपका कारण उद्योगी व्यवसायी समस्यामा रहेको बताएका छन् । उनले घरजग्गाको कारोबारमा नियोजित रुपमा नै समस्या ल्याएको र घरजग्गामा देखिएको समस्याले समग्र अर्थतन्त्र शिथिल बनेको दाबी गर्दै घरजग्गाको हदबन्दी सहजीकरण गर्नुपर्यो र पर्यटनलाई उद्योगलाई सरकारले सहजीकरण गर्नुपर्ने समेत माग गरे ।

कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटाले निजी क्षेत्रलाई अहिले ठूलो समस्या रहेको बताउदै अर्थतन्त्र सुधारको लागि सरकारले तत्काल आयोग घोषाणा गर्नुपर्ने माग गगरेका छन् । राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष खिमलाल भण्डारीले निजी क्षेत्रले आशा गर्ने अवस्था नभएको बताए । निजी क्षेत्र मात्रै नभएर भावी सन्ततिलाई पनि आशा नजागेको
बताउदै राष्ट्र बैक, बैंकिङ लगायत सबै क्षेत्रमा समस्या रहेको भन्दै अर्थ व्यवस्थाको संरचनागत सुधार गर्नुपर्ने समेत बताएका छन् । गैर आवशियक नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपालीको सम्पत्ति बेचेर नगइदिन आग्रह गर्दै नेपाली बैकलाई बिदेशी बैकसँग जोड्नुपर्ने समेत बताए ।


प्रकाशित मिति: २५ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?