काठमाडौं: नेकपा एमाले सरकारबाट बाहिरिएको छ। उसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरएको हो।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार