Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

पत्रकारका लागि अक्षयकोष स्थापना


पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको स्मृति दिवसका दिन आज रु एक लाख १० हजारको अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।

पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिकरुपमा पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमन भट्टराईले बताउनुभयो । “बुवा समाजसेवामा आबद्ध रहनुभएकाले पत्रकार पनि समाजको आँखा हो, समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न र उनीहरुलाई प्रोत्साहनमा सहयोग गर्न अक्षयकोष स्थापना गरेका हौँ”, सुमनले भन्नुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताउनुभयो ।

यसले पत्रकारलाई खोजी र तथ्यपरक समाचार सङ्कलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताउनुभयो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?