Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पत्रकारका लागि अक्षयकोष स्थापना


पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको स्मृति दिवसका दिन आज रु एक लाख १० हजारको अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।

पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिकरुपमा पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमन भट्टराईले बताउनुभयो । “बुवा समाजसेवामा आबद्ध रहनुभएकाले पत्रकार पनि समाजको आँखा हो, समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न र उनीहरुलाई प्रोत्साहनमा सहयोग गर्न अक्षयकोष स्थापना गरेका हौँ”, सुमनले भन्नुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताउनुभयो ।

यसले पत्रकारलाई खोजी र तथ्यपरक समाचार सङ्कलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताउनुभयो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?