Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत अवस्थामा फेला


चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रको खोरिया मुहान नजिकै उक्त गैंडा मृत फेला परेको हो । गैंडालाई भालेले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । गैंडाको पोस्टमार्टम गरेर गाडिएको छ भने खाग र खुर भने सुरक्षित नै रहेका छन् । उक्त गैंडा असोज २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको अबस्थामा फेला पारेका थिए । चालु आर्थिक वर्षमै ५ गैंडा मरिसकेका छन् भने एउटा गैंडा चोरी शिकारीले मारेको आशंका रहेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?