Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

एमाले सुदूरपश्चिम अधिवेशन: निर्वाचनबाटै नेतृत्व चयन गर्न उम्मेदवारको माग


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद, सचिवका उम्मेदवार रतनराज रेग्मी र उपसचिवका उम्मेदवार नरबहादुर विकले संयुक्तरुपमा वक्तव्य जारी गर्दै मतदानबाटै नेतृत्व चयन गर्नुपर्ने माग समेत गरेका हुन् । उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भइसकेको अवस्थामा सहमतिको नाममा नामावलीमै नभएका व्यक्तिलाई समावेश गरिएको उल्लेख गर्दै उम्मेदवारहरूसँग कुनै छलफल नै नगरी सार्वजनिक र घोषणा हुने कुनै पनि गतिविधि आफूहरुलाई मान्य नहुने उनीहरूको भनाइ रहेको छ । ‘कार्यकर्ताले आफ्नो अभिमत प्रकट गर्ने वातावरण निर्माण गर्नका लागि कमरेडहरूको ध्यानाकर्षण गराउनु चाहन्छौं,’ अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष र एमाले सुदूरपश्चिम नेतृत्वलाई लेखेको पत्रमा उल्लेख छ ।

सो अधिवेशनको अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ ।   अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । साउँदले चुनाव गर्नुपर्ने माग गरिरहेका छन् भने अरुले औपचारिक रुपमा वक्तव्य जारी गरेका छैनन् । उपाध्यक्षतर्फ हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता लिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ । सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै रहेको छ । उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?