Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

गुमनाम धनकुटाका ऐतिहासिक सम्पदा


धनकुटा । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र रहेको थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो भने उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् । सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण र प्रवर्द्धन अभावमा गुमनाम हुँदै गएका र धनकुटाको इतिहासमा छुट्नै नहुने धनकुटा बजारमा रहेको तत्कालीन प्रशासनिक केन्द्र धनकुटा गौँडा अहिले कहाँ छ भनेर खोज्नुपर्ने अवस्थामा गुमनाम छ । धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्राधापक तथा धनकुटाको इतिहाससम्बन्धी जानकार ठाकुरप्रसाद बरालले संरक्षण अभावमा यहाँका सबै ऐतिहासिक वस्तु गुमनाम भएको बताए ।

धनकुटाका पुराना पाटीपौवा, चौतारा कङ्क्रिटिङ भरियो अनि कतिपय पाटीपौवा देख्दादेख्दै व्यक्तिगत घर बने । सडकमा छापिएका ढुङ्गा रातारात गायब भए । आफूले देख्दादेख्दै नगरमा घर बढेर व्यापार–व्यवसाय बढे पनि पर्यटक गुमनाम भएको र कुनै बेला पूर्वको शिक्षाको केन्द्र मानिएको धनकुटा क्याम्पससमेत अहिले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था देखिएको उनको भनाइ रहेको छ । जिल्लाकै पहिचानका रूपमा रहेको धनकुटा गौँडा, यहाँ रहेको पैसा छाप्ने टक्सार, बरपिपललगायत स्थानको तत्काल स्थानीय सरकारबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ भने पछिल्लो समयमा उनका छोरा श्यामराजालगायतका शाहहरूले अंशबण्डा गरेपछि उक्त दरबारमा निजी स्कुल सञ्चालनमा आएको स्थानीयबासी तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ ।

पछिल्लो समय सबै ठाउँ बाटाघाटा पुगेपछि प्रयोगविहीन बनेका यहाँ निर्मित पाटीपौवा र बरपिपलका चौतारीहरू नाममा सीमित छन् । यस्ता ऐतिहासिक विषय समाज र राज्यको सम्पत्ति भए पनि यसप्रति नागरिक र जनप्रतिनिधि सचेत नहुँदा संरक्षण नभएको र नागरिक, भूगोल र त्यहाँका सम्पदा मिलेरै राष्ट्र बन्ने भएकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको नाश हुँदा नगरवासीलाई मात्र नभएर देशलाई नै घाटा हुने अध्यक्ष राईको भनाइरहेको छ । पुरानो पुस्ताको बेवास्ता तथा नयाँ पुस्तामा ऐतिहासिक र पुरातात्विक महत्वसम्बन्धी जागरण नहुँदा पुराना कुराको संरक्षण हुन नसकेको धनकुटाका प्रा.डा गोपालबहादुर भट्टराईको भनाइ रहेको र पुरातात्विक महत्वका सम्पदालाई समग्र धनकुटाको आर्थिक अवस्था मजबुत बनाउने आधारका रूपमा विकास गर्न नसक्नु धनकुटावासीको दुर्भाग्य भएको समेत बताए ।

विसं २०४० मा धनकुटा बजारबाट भोजपुर, सङ्खुवासभा तेह्रथुम जाने मोटरबाटो बजारको बीच भागबाट लैजान नदिएर सडक बाहिरबाट गएपछि यो बजार उस्तै साँघुरो अवस्थामा छ । पछिल्लो समय पूर्वाञ्चलका १६ जिल्लाको सदरमुकाम रहेको गुल्जार नगरपालिका देश सङ्घीयतामा गएपछि धनकुटा जिल्ला सात स्थानीय तहमा विभाजन भएसँगै यो नगर थप कमजोर भएको छ ।उपप्रमुख भिमदेवी खनालले नगर क्षेत्रको आर्थिक विकासका लागि यस वर्षबाट बन्दीपुरको घरबास (होमस्टे) मोडलमा आधारित होमस्टे सञ्चालनको कार्यक्रम रहेको र संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका ऐतिहासिक विषयमा भने आफूहरूको ध्यानाकर्षण भएकाले आगामी नगरको नीति तथा कार्यक्रममा यसलाई समावेश गरिने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?