Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको डेन्टल क्लिनिक सिलबन्दी


खोटाङ । जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको होे । उक्त डेन्टलले बिना इजाजत न्युनकतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए । गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा नगरिएका कारण क्लिनिक सिल गरिएको जनाइएको छ ।

दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको र तेलीलाई दन्त चिकित्सक राखेर डेन्टल चलाउन दिइएको अन्तिम चेतावनी पालना नभएको कारणले सिल गरिएको सहायक प्रजिअ साहको भनाइ रहेको छ । उक्त क्लिनिकमा बिनास्वीकृति र बिनाजनशक्ति दाँतको आरसिटी गर्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको अनुगमन टोलीले जनाउनाका साथै दन्त चिकित्सक नराखेको, डेन्टल एक्स–रे र कुर्सी एकै ठाउँमा राखिएको, डेन्टल चेयर काम नलाग्ने भएको, हातधुने बेसन नभएको, क्लिनिकको भवन मापदण्डअनुसार नभएको पाइएको उल्लेख गरिएको छ । फार्मेसी पढेकाले मात्रै औषधि बिक्री गर्न पाइने भए पनि सो मेडिकेयर क्लिनिकमा फर्मासिष्ट वा फार्मेसी सहायकबिना नै औषधि बिक्रीवितरण हुँदै आएको र अवैध रुपमा रेबिजविरुद्धको भ्याक्सिन राखेको भेटिएको छ । चिकित्सकको प्रेस्क्रिप्सनबिना चलाउन नपाइने रेबिज भ्याक्सिन डोमेस्टिक फ्रिजमा राखेको पाइएको सहायक प्रजिअ साह बताए ।

फार्मेसी सञ्चालक महेशप्रसाद साहले थाहा नभएर रेबिजविरुद्धको भ्याक्सिन राखेको जवाफ दिएको पनि सोही क्लिनिकमा मुटुको बिरामीले प्रयोग गर्ने औषधिहरु पनि भेटिएको अनुगमन टोलीले जनाएको छ । आसन्न चाडबाडलाई लक्ष्य गरेर जिल्ला प्रशासनले आइतबारदेखि जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवम् क्लिनिकहरुमा कडाइका साथ अनुगमन सुरु गर्दै अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु बरामद गर्नाका साथै सञ्चालकलाई सजग गराउने काम भइरहेको अनुगमन टोली संयोजक एवम् सहायक प्रजिअले बताएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?