Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

इजरायल सरकारप्रति नेपालको ऐक्यवद्धता


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र त्यसबाट नेपालीहरु प्रभावित भएको विषयमा जानकारी गराएका छन् । त्यसक्रममा उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको छ । यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यवद्धता व्यक्त गरिएको छ ।’ साथै, परराष्ट्र मन्त्री साउदले इजरायलमा बंकरभित्र रहेका ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन् । हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । शवहरु नेपाल ल्याउन पहल भइरहेको पनि उनले बताए ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर रहेको र २६५ जना विद्यार्थी रहेको जानकारी दिँदै उनले नेपाल आउन इच्छुकलाई ल्याउने तयारी अगाडि बढेको बताए । मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिसकेको छ भने आज राष्ट्रिय शोक घोषणा गरेको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?