Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

इजरायलमा नेपालीको अवस्थाबारे सरकारले छिटो–छिटो जानकारी दिनुपर्छ : प्रकाशमान सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो-छिटो जानकारी दिनुपर्ने बताएका छन् । साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव समेत दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै नेता सिंहले भने, ‘इजरायल युद्धको अवस्था संवेदनशील भएकाले सरकारको तर्फबाट टाइम टु टाइम जनतालाई जानकारी दिँदा राम्रो हुन्छ ।’

हमासले गत शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । केही घाइते र केही सम्पर्कविहीन छन् । उनीहरुको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरुले गरेकाले सरकारले छिटो–छिटो जानकारी दिनुपर्ने नेता प्रकाशमानको भनाइ छ ।उनले दिवंगत नेपालीहरुको शव छिटो नेपाल ल्याउनुपर्ने, घाइतेहरुको अवस्था र वेपत्ताको खोजीमा भइरहेको प्रगतिबारे परिवारका सदस्यलाई जानकारी दिनुपर्ने प्रकाशमानले बताएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?