Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

इजरायलमा नेपालीको अवस्थाबारे सरकारले छिटो–छिटो जानकारी दिनुपर्छ : प्रकाशमान सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो-छिटो जानकारी दिनुपर्ने बताएका छन् । साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव समेत दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै नेता सिंहले भने, ‘इजरायल युद्धको अवस्था संवेदनशील भएकाले सरकारको तर्फबाट टाइम टु टाइम जनतालाई जानकारी दिँदा राम्रो हुन्छ ।’

हमासले गत शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ । केही घाइते र केही सम्पर्कविहीन छन् । उनीहरुको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरुले गरेकाले सरकारले छिटो–छिटो जानकारी दिनुपर्ने नेता प्रकाशमानको भनाइ छ ।उनले दिवंगत नेपालीहरुको शव छिटो नेपाल ल्याउनुपर्ने, घाइतेहरुको अवस्था र वेपत्ताको खोजीमा भइरहेको प्रगतिबारे परिवारका सदस्यलाई जानकारी दिनुपर्ने प्रकाशमानले बताएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?