Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित


फुङ्लिङ,ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् । समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ । फक्ताङलुङ गाउँपालिका–६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेका थिए । गत साता आलु खन्दा २० मुरी आलु संकलन गरेका थिए । सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकोमा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीका रूपमा आलुखेती गर्दै आएका छन् । वितगका वर्षमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमी आएको स्थानीय उटुक शेर्पाले बताए । आलुको भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो । बीउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बीउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताए ।

 

आलुको व्यापार

याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मङ्सिरको तोस्रो सातादेखि कृषकले याङमाबाट दुई दिन याकमार्फत ढुवानी गरेर चेनेसम्म पुर्याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ । आलु बीउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकैलागयतका अन्न बोकेर दुई–चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ । गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।

पचपन्न हजार मेट्रिक टन बढी आलु उत्पादन

ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा किसानले ५५ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन गर्न सफल भएका हुन् । अघिल्लो आ.व.को तुलनामा गत वर्ष यहाँ आलु उत्पादन वृद्धि भएको कृषि केन्द्रका सूचना अधिकारी विनय महर्जनले जानकारी दिए । उनका अनुसार आ.व २०७८/७९ मा ५५ हजार एक सय ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु उत्पादनका लागि चार हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा किसानले खेती लगाएका थिए । केन्द्रका अनुसार गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १२ दशमलव ९५ मेट्रिक टन रहेको छ । जिल्लामा उत्पादन हुने आलु अधिकांश जिल्लाभित्रै खपत हुने र केही परिमाणमात्र जिल्ला बाहिर निर्यात हुने गरेको किसानले बताएका छन् ।

यतिबेला जिल्लामा स्थानीय आलुको औसत मूल्य प्रतिकिलो रु ४५ मा खरिद बिक्री हुँदै आएको छ । उक्त मूल्यअनुसार साढे दुई अर्ब रुपैयाँ बराबरको उत्पादन भएको पाइएको छ । स्थानीय प्रजातिका आलुको माग र मूल्य राम्रो भएकाले आलु उत्पादन गरेर किसानले मनग्य आम्दानी गर्ने गरेका कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरको भनाइ छ ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?