Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

इजरायल गएका विपिन शनिबार साँझबाट सम्पर्कबिहीन


धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । उनका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए । भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए । विपिनले पछि कुरा गरौंला है भनेकाले उनी साँझ फोन आउँछ कि भन्ने आशामा थिए तर इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाए । हमासको आक्रमणमा केही नेपालीहरु पनि परेको थाहा पाएपछि किशोरको मनमा चिसो पस्यो र आफ्नो भाइलाई सम्पर्क गर्ने कोसिस गरे तर सम्पर्क भएन ।

इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन् । किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि विपिन साथीहरुको सम्पर्कमा आएका थिए । तर त्यसपछि भने सम्पर्क हुन सकेको छैन । आक्रमणपछि पनि साथीहरुसँग एकपटक सम्पर्कमा आएका कारण विपिन सकुशल छन् भन्नेमा किशोर र उनको परिवार आशावादी छ । ‘इजरायल गएको भाइ भेटिएन घाइते भएको भए भेटिनुपर्ने हो । जहाँ भए पनि ऊ सकुशल होला भन्ने आशा जीवितै छ,’ दाजु किशोरले भने ।

अहिले किशोरको दिनचर्या भाइसँग सम्पर्क जुटाउने प्रयासमै बितिरहेको छ । सोमबार पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास गरे, राति अबेर भइसक्यो भन्दै जानकारी नदिइएको उनको गुनासो छ । ‘सरकारले अफिसियली हिसाबले कुरा गरेर भाइको अवस्थाबारे चासो दिए आभारी हुने उनको गुनासो रहेको छ । उनी गत भदौमा मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान विषयको अध्ययन सकेर इजरायल गएका थिए ।

 


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?