Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

इजरायल गएका विपिन शनिबार साँझबाट सम्पर्कबिहीन


धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । उनका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए । भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए । विपिनले पछि कुरा गरौंला है भनेकाले उनी साँझ फोन आउँछ कि भन्ने आशामा थिए तर इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाए । हमासको आक्रमणमा केही नेपालीहरु पनि परेको थाहा पाएपछि किशोरको मनमा चिसो पस्यो र आफ्नो भाइलाई सम्पर्क गर्ने कोसिस गरे तर सम्पर्क भएन ।

इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन् । किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि विपिन साथीहरुको सम्पर्कमा आएका थिए । तर त्यसपछि भने सम्पर्क हुन सकेको छैन । आक्रमणपछि पनि साथीहरुसँग एकपटक सम्पर्कमा आएका कारण विपिन सकुशल छन् भन्नेमा किशोर र उनको परिवार आशावादी छ । ‘इजरायल गएको भाइ भेटिएन घाइते भएको भए भेटिनुपर्ने हो । जहाँ भए पनि ऊ सकुशल होला भन्ने आशा जीवितै छ,’ दाजु किशोरले भने ।

अहिले किशोरको दिनचर्या भाइसँग सम्पर्क जुटाउने प्रयासमै बितिरहेको छ । सोमबार पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास गरे, राति अबेर भइसक्यो भन्दै जानकारी नदिइएको उनको गुनासो छ । ‘सरकारले अफिसियली हिसाबले कुरा गरेर भाइको अवस्थाबारे चासो दिए आभारी हुने उनको गुनासो रहेको छ । उनी गत भदौमा मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान विषयको अध्ययन सकेर इजरायल गएका थिए ।

 


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?