Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई


२३ ,असोज ,काठमाडौँ । वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो ।

प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम नेपाल पुलिस क्लबले रु दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलकुद क्षेत्रको विकासमा सरकार ध्यान दिनुपर्दछ भने ।

महासचिव चन्दले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन उच्च प्राथमिकताका साथ काम गर्न सरकारलाई आग्रह गरे । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयनन्द चन्दले वीरजङ्गको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

यही असोज १८ देखि सुरु भएको उक्त प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकि थिईन् ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?