Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई


२३ ,असोज ,काठमाडौँ । वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो ।

प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले रु पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम नेपाल पुलिस क्लबले रु दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलकुद क्षेत्रको विकासमा सरकार ध्यान दिनुपर्दछ भने ।

महासचिव चन्दले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन उच्च प्राथमिकताका साथ काम गर्न सरकारलाई आग्रह गरे । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयनन्द चन्दले वीरजङ्गको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

यही असोज १८ देखि सुरु भएको उक्त प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकि थिईन् ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?