Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सबैका प्रिय भएर ‘रिटाएर्ड’ भए हक्की प्रशासक श्रेष्ठ (बिदाईका तस्बिरसहित)


काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठको विदाई गरिएको छ । सोमबारबाट सेवानिवृत्त श्रेष्ठको आज एक कार्यक्रमकाबीच आज विदाई गरिएको हो । उनी २०४० मा हुलाक सेवाबाट सेवा प्रवेश गरेका थिए ।

पछिल्लो समय गृह प्रशासन अन्र्तगत लागुऔषध नियन्त्रण शाखा, राष्टिय परिचयपत्र बिभागमा रहेर सेवा प्रवाह गरेका थिए । उनी प्रशासनमा हक्की स्वभाव र स्वच्छ छवि भएका प्रशासक मानिन्छन् । बिशेषगरी सेवाप्रवाहमा सेवाग्राहीका सहजतालाई ध्यानमा राखेर सेवाप्रवाह गर्ने प्रशाशकको रुपमा सेवाग्राहीमाझ लो्कप्रिय थिए ।

पछिल्लो समय सहायक सिडिओको रुपमा चाडपर्वको समयमा उनले बजार अनुगमन,कालोबजारी नियन्त्रण र कारवाहीमा अडान राख्दै आफै अनुगमनमा सक्रिय रहँदै आएका थिए । उनलाई काठमाडौंका सिडिओ जितेन्द्र बस्नेत,काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री सहित प्रशासनका अधिकारी लगायतले बिदाई गरेका थिए ।

जिल्ला सुरक्षा समितिको सचिव समेत रहेका श्रेष्ठलाई सोमबार सुरक्षा समितिको बैठक राखेर चारवटै सुरक्षा निकायका प्रमुखहरुले विदाई गरेका थिए ।श्रेष्ठले रिटायर्ड पछि पनि अनुभवलाई उपयोग गरेर समाजसेवामा सक्रिय रहने बताँउदै आएका छन् ।

 

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?