Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सबैका प्रिय भएर ‘रिटाएर्ड’ भए हक्की प्रशासक श्रेष्ठ (बिदाईका तस्बिरसहित)


काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठको विदाई गरिएको छ । सोमबारबाट सेवानिवृत्त श्रेष्ठको आज एक कार्यक्रमकाबीच आज विदाई गरिएको हो । उनी २०४० मा हुलाक सेवाबाट सेवा प्रवेश गरेका थिए ।

पछिल्लो समय गृह प्रशासन अन्र्तगत लागुऔषध नियन्त्रण शाखा, राष्टिय परिचयपत्र बिभागमा रहेर सेवा प्रवाह गरेका थिए । उनी प्रशासनमा हक्की स्वभाव र स्वच्छ छवि भएका प्रशासक मानिन्छन् । बिशेषगरी सेवाप्रवाहमा सेवाग्राहीका सहजतालाई ध्यानमा राखेर सेवाप्रवाह गर्ने प्रशाशकको रुपमा सेवाग्राहीमाझ लो्कप्रिय थिए ।

पछिल्लो समय सहायक सिडिओको रुपमा चाडपर्वको समयमा उनले बजार अनुगमन,कालोबजारी नियन्त्रण र कारवाहीमा अडान राख्दै आफै अनुगमनमा सक्रिय रहँदै आएका थिए । उनलाई काठमाडौंका सिडिओ जितेन्द्र बस्नेत,काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री सहित प्रशासनका अधिकारी लगायतले बिदाई गरेका थिए ।

जिल्ला सुरक्षा समितिको सचिव समेत रहेका श्रेष्ठलाई सोमबार सुरक्षा समितिको बैठक राखेर चारवटै सुरक्षा निकायका प्रमुखहरुले विदाई गरेका थिए ।श्रेष्ठले रिटायर्ड पछि पनि अनुभवलाई उपयोग गरेर समाजसेवामा सक्रिय रहने बताँउदै आएका छन् ।

 

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?