Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

नेपाल फर्कन इच्छुक नेपाली विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्न नेपाल सरकारसँग माग


काठमाडौं । फोर एच नेपालले आज एक वक्तव्य जारी गर्दै इजरायलमा रहेका स्वदेश फर्कन इच्छुक नेपाली विद्यार्थीको स्वदेश फर्कन लाग्ने सम्पूर्ण खर्च व्यहोर्न माग गरेको छ । साथै मृतक नेपाली विद्यार्थी शब नेपाल ल्याउन तत्काल पहल गर्न नेपाल सरकासँग अनुरोध गरेको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा हस्ताक्षरित उक्त वक्तव्य भनिएकोछ, इजरायलको द्वन्द्वग्रस्त दक्षिण क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका, वेपत्ता रहेका तथा बंकर भित्र बस्न बाध्य भएकाहरु उद्धार कार्यका लागि नेपाल सरकार तथा इजरायल सरकारको ध्यानाकर्षण गराइएको छ ।

सँगै,जारी वक्तव्यमा इजरायलमा रहेको नेपालीको जीवन रक्षा तथा स्वदेश फिर्ताको लागि पहल गरिदिन आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुको गम्भिर ध्यानाकर्षण गराउँदै अनुरोध गरेको छ ।

वक्तव्यमा भनिएकोछ, इजरायलस्थित नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारलाई मृतक नेपालीको शब स्वदेश ल्याउन, घाइतेको उपचारको व्यवस्था गर्न, वेपत्ता भएकाको खोजी कार्य गरी बंकरभित्र कष्टकर जीवन बिताई रहेका नेपाली तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न इजरायल सरकार तथा अन्तर्राष्ट्रियस्तरमा उच्च तहको प्रभावकारी वार्ता तथा समन्वय माग गरिएको छ । साथै, इजरायलमा रहेका नेपालीको अवस्था तत्काल सार्वजनिक गर्नु पनि उल्लेख गरिएको छ ।

हाल त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वद्यिालय तथा सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनरत नेपाली विद्यार्थीका लागि इजरायल सरकारसँग भएको सम्झौता अन्तरगत कृषि कामसँगै अध्ययन कार्यक्रमका लागि नेपाली विद्यार्थी पठाउँदा द्वन्द्वग्रस्त क्षेत्रमा नपठाउन वक्तव्यमा उल्लेख गरेको छ । हमासद्वारा इजरायलमाथि भएको आक्रमण भत्सर्ना गर्दै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सबै पक्षसँग फोर एच नेपालले अपिल गरेको छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?