Trending
>>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

निमित्त प्रहरी महानिरीक्षक राईको निर्देशन-‘विशेष सुरक्षा योजनाका साथ शान्ति सुरक्षा कायम गर्नु’


काठमाडौं: निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक राईले उक्त कुरा बताउनुभएको हो । निमित्त प्रहरी महानिरीक्षक राईले नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने कालोबजारी एवम् तस्करी नियन्त्रणको साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अझ बढी सक्रियताका साथ जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

हालै देश विदेशमा घट्न गएका अप्रिय घटनाबाट उत्पन्न हुन सक्ने चुनौतीलाई विशेष ख्याल गर्दै शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै कार्यसम्पदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा प्रतिनिधिले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तय तथा कार्यान्वयन र भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको साथै वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् सात वटै प्रदेश प्रहरी प्रमुखहरु तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?