Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विश्वकप क्रिकेट : नेदरल्यान्ड्ससामु ३२३ रनको लक्ष्य


२२ ,असोज ,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत अहिले नेदरल्यान्ड्स र न्युजिल्यान्डबीच खेल भइरहेको छ । न्युजिल्यान्डले नेदरल्यान्ड्ससामु जितका लागि तीन सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो ।

न्युजिल्यान्डका लागि विल योङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८० बलमा दुई छक्का र सात चौका हाने । यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए ।

उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए । यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई तथा बास डी लिडेले एक/एक विकेट लिए ।

अहिले नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ । जारी प्रतियोगितामा न्युजिल्यान्ड र नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । न्युजिल्यान्ड पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसित ८१ रनले पराजित भएको थियो ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?