Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो


२२ ,असोज ,काठमाडौँ । चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

“वडादसैँ, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्”, उनले भने ।

यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने तथा यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

उक्त कार्यका लागि पाँच हजार आठ सय ३३ प्रहरी तथा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालिन गरिने उनले बताए ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?