Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इजरायलमा समस्यामा परेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्री नेतृत्वको समन्वय संयन्त्रको बैठक जारी


काठमाडौं ।   इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ । इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो । सोही बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरुलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत-जावत सुचारू भइरहेकाले वस्तुगत अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिइने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?