Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

शिक्षामन्त्रीको प्रष्टीकरण : अर्थतन्त्रले धान्ने र संविधानले मान्ने गरी शिक्षकका माग पूरा गर्छौं


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने बताएका छन् । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरुको आन्दोलन भएको थियो भने आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ । शिक्षक महासंघ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राइले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । संसदको प्रक्रियामार्फत नै माग सम्बोधन गर्न प्रयास गर्नेगरी सहमति भएको उनको भनाइ छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले भने, ‘उपयुक्त र जायज मागहरुलाई जसले शिक्षालाई उन्नयन गर्न मद्दत गर्छ, शिक्षललाई सम्मानित गर्न र सही ढंगले क्रियाशल बनाउँछ त्यस सन्दर्भमा सरकार सकारात्मक रहन्छ ।’ संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग असोज ५ गते ६ बुँदे सम्झौता गरेको छ । राहत शिक्षकले चित्त नबुझाएपछि सरकारले उनीहरूसँग असोज १२ गते अर्को सम्झौता गरेको छ । वार्ताका क्रममा ‘अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सिमाभित्र रहेर शिक्षकका सबै माग पुरा गर्ने’ भनिएको उल्लेख गर्दै उनले त्यस अनुसार अगाडि जान सरकार प्रतिवद्ध रहेको प्रष्टीकरण दिएका छन् ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?