Trending
>>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा >>   राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली >>   कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई >>   यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट >>   खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर >>   महेश बस्नेतको आह्वान: “राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलनमा सहभागी बनौं”
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

प्रधान सेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान


काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् । बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन् । बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाको पनि कार्यक्रम रहेको छ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरसग पनि भेटवार्ता हुनेछ ।

प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् । शर्मा भ्रमण गएपछि प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधान सेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?