Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित


 

ललितपुर । उद्योग व्यावसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले छ सय ४६ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले उद्योग समूह र उपाध्यक्षमा सुनिल शाक्य, वाणिज्य समूह र मेशसिंह महर्जन संस्थागततर्फ विजयी भएका छन् ।
महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएका छन् । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए ।

निर्माण व्यावसायी सङ्घको अध्यक्षमा महर्जन:-

ललितपुरका निर्माण व्यावसायीको संस्था निर्माण व्यावसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचितभएका छन् । सङ्घको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमिल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सहकोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुस्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको निर्वाचन अधिकृत विदुरबहादुर घिमिरेका अनुसार पदाधिकारीमा आठ र सदस्यमा ११ गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबीविरोध नपरेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?